पात्रो

रेडियो

समाचार खोजी

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

साझा अर्थ संवाददाता २९ वैशाख २०८२, सोमवार

काठमाडौं – हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो
साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी Aito M8 ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर
प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि
६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा
औपचारिक रूपमा प्रवेश गर्दैछ।
Aito ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो। यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको
जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम
सम्हालिरहेको छ। Aito ब्रान्डका गाडीहरू हुवावेको Harmony Intelligent Mobility Alliance
(HIMA) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।
Aito ब्रान्ड अन्तर्गत अहिले Aito M5, M7, र M9 गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन
ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो।
अब हुवावे र सेरेसले चौथो मोडेल Aito M8 सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक
हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ।
चीनमा हुवावे Aito M8 ले पायो १ लाख अर्डर
मार्च ६ मा चीनमा Aito M8 को प्रि-सेल सुरु गरिएको थियो। ५,००० युआन (लगभग ७०० डलर)
को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १०,००० युआन (झण्डै १,४००
डलर) छुट दिइने योजना थियो। सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल
सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए।
छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगे। प्रि-सेल सुरु भएको
दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो। अप्रिल ७ मा HIMA ले Aito M8 ले १ लाखभन्दा
बढी अर्डर प्राप्त गरेको घोषणा गर्‍यो। जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो
गाडी EREV (Extended Range Electric Vehicle) वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये
एक बन्ने निश्चितजस्तै देखिएको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो L8 र डीपल S09 पर्दछन्।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्