पात्रो

रेडियो

समाचार खोजी

आईपीओको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा बढ्यो

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

काठमाडाै‌ः आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको आव २०८१-८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

कम्पनीले चालु आवको चैतसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रूपैयाँ खुद नाफा गरेको छ। 
यो गत वर्षको यसै अवधिको तुलनामा ११३२ प्रतिशत धेरै हो।

९ महिनामा कम्पनीको कुल नाफा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ छ। गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश सूचकहरूमा वृद्धि गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु