काठमाडौैः हिमालय डिस्टिलरीको नाफमा बढेको पाइएको छ । कम्पनीले सार्वजनिक गरेको चालु अर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय वितरण अनुसार कम्पनीको नाफा बढेको पाइएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ९ करोड १४ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको बिक्री २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ रहेको थियो । विवरण अनुसार कुल ११ प्रतिशत वृद्धिसँगै कम्पनीको खुद नाफा पनि ८५ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा यो १५ दशमलब १६ प्रतिशत बढी रहेको छ ।