पात्रो

रेडियो

समाचार खोजी

इन्भेष्टमेण्ट मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

साझा अर्थ संवाददाता ३१ वैशाख २०८३, बिहिवार

काठमाडौँः नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को कायममुकायम सीईओ मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त हुनुभएको छ । बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको ६३९ औँ बैठकको निर्णय अनुसार ढकाल बैंकको कामु सीईओमा नियुक्त हुनु भएको हो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम सम्बन्धी बैंकिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको नेतृत्वलाई निरन्तरता दिन र दैनिक कार्यसम्पादनलाई चुस्त राख्न सञ्चालक समितिले यो निर्णय लिएको बैंक सञ्चालक समितिले जानकारी दिएको छ । 
चार्टर्ड एकाउन्टेन्ट  समेत रहनुभएका नवनियुक्त कामु सीईओ ढकालसँग नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो र प्रतिष्ठित व्यावसायिक अनुभव छ । यसअघि उहाँले ग्लोबल आइएमई बैंक, साविकको मेगा बैंक, टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका विभिन्न वित्तीय संस्थाहरूको उच्च व्यवस्थापकीय नेतृत्व सम्हालिसक्नुभएको छ ।  उहाँ नेपाल क्लियरिङ हाउस लिमिटेड को सञ्चालक समिति सदस्य समेत रहिसक्नुभएको छ ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु