पात्रो

रेडियो

समाचार खोजी

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

साझा अर्थ संवाददाता २३ वैशाख २०८३, बुधवार
समाचार सारांश
  • विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
  • अनुसन्धान कार्य नसकिएको भन्दै गरिएको यो म्याद थप भट्टका लागि पाँचौँ र अग्रवालका लागि छैटौँ पटक हो।
  • यो हिरासत अवधि थप अनुसन्धानको प्रक्रिया मात्र हो, दोषी ठहर भएको अवस्था होइन।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो।

अदालतको आदेशअनुसार दीपक भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैटौँ पटक म्याद थप गरिएको छ। थप गरिएको म्याद २०८३ वैशाख २३ गतेदेखि लागू हुने जनाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानका क्रममा सरकारी वकिलको रायसहित प्रतिवेदन तयार गर्ने र अभियोजनसम्बन्धी प्रक्रिया बाँकी रहेको भन्दै थप समय माग गरेको थियो।

अदालतले अनुसन्धान प्रक्रिया अझै बाँकी रहेको र हालैको कानुनी संशोधनअनुसार संयुक्त अनुसन्धान टोलीबाट अनुसन्धान अघि बढिरहेको विषयलाई समेत ध्यानमा राख्दै म्याद थप गरेको हो।

म्याद थप हुनु दोषी ठहर भएको अवस्था भने होइन। यो अनुसन्धानका लागि हिरासत अवधि थप गरिएको अदालती प्रक्रिया हो।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु