काठमाडौं नेपालमा कोकोकोला उत्पादन गर्ने दुई वटै कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा घटेको छ । बोटलर्स नेपाल (तराई) को चालु आवको नौ महिनामा ६९ प्रतिशत नाफा घटेको छ । यो अवधिकमा कम्पनीले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको आम्दानी पनि ५ अर्ब ८१ करोडबाट घटेर ४ अर्ब ९१ करोडमा झरेको छ ।
त्यस्तै अर्को कम्पनी बोटलर्स नेपाल (बालाजु) को ९ महिनामा ७३ प्रतिशत नाफा घटेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको आम्दानी ७ अर्ब १८ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता