पात्रो

रेडियो

समाचार खोजी

पहिलो दिन १० अर्ब ८७ करोडको कारोबार

साझा अर्थ संवाददाता १४ वैशाख २०८२, आइतवार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आज पौने ११ अर्ब बढीको शेयर किनबेच भएको छ । सो रकम बराबरको कारोबार हुँदा नेप्से ५.९८ अंकले बढेर २६६४.०१ अंकमा पुगेको छ ।  आज ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४.३५ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज पनि दुई बीमा कम्पनी  नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै आज वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ८६ करोड १७ लाख ३८ हजार ९ सय ३३.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता