पात्रो

रेडियो

समाचार खोजी

सेबोनमा कुल १ करोड ९ लाख कित्ताभन्दा बढी सेयर आउँदै

साझा अर्थ संवाददाता २२ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २२ जेठ :  नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा एकैपटक चारवटा नयाँ कम्पनीहरूको आइपीओ (IPO) प्रस्ताव थपिएको छ। जसअन्तर्गत राजेश मेटल क्राफ्ट्सले नबिल इन्भेष्टमेन्ट मार्फत ६० लाख कित्ता, प्रिमियर डिस्टिलरीले सिद्धार्थ क्यापिटल मार्फत २२.५० लाख कित्ता, युवारानी एग्रो इन्डष्ट्रिजले प्रभु क्यापिटल मार्फत १६.५० लाख कित्ता र 'मत्स्य राजा' ब्रान्डको माछा दाना उत्पादक अन्नपूर्ण माछा दाना उद्योगले लक्ष्मी सनराइज क्यापिटल मार्फत १० लाख ९ हजार ५३१ कित्ता प्रतिकित्ता रु. १०० अंकित मूल्यको सेयर निष्काशन गर्ने तयारी गरेका हुन्। क्रेडिट रेटिङतर्फ इक्रा नेपालले राजेश मेटललाई मध्यम सुरक्षाको '[ICRANP-IR] BBB' तथा इन्फोमेरिक्सले प्रिमियर डिस्टिलरीलाई 'IRN BB+' र युवारानी एग्रोलाई 'IRN BB-' रेटिङ दिएका छन् भने नियमक निकाय सेबोनबाट अनुमति पाएलगत्तै यी कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछन्।

28 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ