पात्रो

रेडियो

समाचार खोजी

अन्तिम कारोबार दिन सात अर्ब ८७ करोडको कारोबार

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर दुई हजार ६५८.०२ विन्दुमा बन्द भएको छ ।

 आज कूल १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेप्सेका अनुसार आज ८३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १६१ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ७० करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु