पात्रो

रेडियो

समाचार खोजी

लगातार चार दिनमा ६६ अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

लगातार चौथो दिन सेयर बजारमा गिरावट आएको छ । साताको चौथोे कारोबार दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से( ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा सिमित भएको छ । 
सेयर बजार मंगलबार नेप्से ९.९६ अंकले, सोमबार ७.७५ अंलके र आइतबार १६.६८ अंकले घटेको थियो । चार दिनमा ६६.८ अंकले घटेको छ । बुधबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा ७ अर्ब ९२ करोड, सोमबार ८ अर्ब ५० करोड र आइतबार ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता