पात्रो

रेडियो

समाचार खोजी

सामान्य घट्यो नेप्से, आठ अर्ब ३२ करोडको कारोबार

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार

काठमाडौं ।  मंगलबार नेप्से परिसूचक ४.९३ अंकले घटेर २ हजार ६९३.३५ विन्दुमा आइपुगेको छ । यो दिन २ करोड २५ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स रहेको छ । यी कम्पनीले ३६ करोड रुपैयाँदेखि ४४ करोड ६० लाख रुपैयाँसम्मको कारोबार गरेका छन् ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रो पावर,ग्रीन लाइफ हाइड्रो पावर र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ४.९७ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सर्किट मूल्यमै कारोबार भएको छ । घटेको बजारमा सर्वाधिक घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, युनियन हाइड्रो पावर, नेपाल हाइड्रो डेप्लोपर र एनआइसी एशिया बैंक फण्डको शेयर मूल्य ५ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ । 

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता