पात्रो

रेडियो

समाचार खोजी

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

तनहुँ, ८ वैशाख : व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो । 

   भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो । निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

   सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ । 

   “तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ”, उहाँले भन्नुभयो । व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ । तर भदु्रमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ । रु १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो । “निर्माणमा ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो । व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो । 

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु