पात्रो

रेडियो

समाचार खोजी

७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा रोकिएको छ ।

 सोमबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, कर्पोरेट विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ बराबरको १५ लाख ९० हजार दुई सय पाँच कित्ता शेयर खरिदबिक्री भएको छ ।
163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता