पात्रो

रेडियो

समाचार खोजी

नेप्से दोहोरो अंकले घट्दा झन्डै साढे आठ अर्बको कारोबार

साझा अर्थ संवाददाता ७ वैशाख २०८२, आइतवार

 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से १६.६८ अंकले घटेर दुई हजार सात सय ६.०४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेको छ।

आज ३२८ कम्पनीका दुई करोड १३ लाख २३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनमा साढे १० अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये आज दुई समूहको सूचक मात्रै बढेको छ। व्यापार एक प्रतिशतभन्दा धेरै र उत्पादन तथा प्रशोधन एक प्रतिशतभन्दा कमले वृद्धि भएको हो।  घटेकामध्ये वित्त, होटेल तथा प्रशोधन, जलविद्युत् र अन्य समूहको सूचक एक प्रतिशतभन्दा धेरैले ओरालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।

घटेको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९९, ९.९८ र ७.४९ प्रतिशत कमाएका छन्। तर, हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावरका लगानीकर्ताले सात प्रतिशतभन्दा धेरैले गुमाएका छन्।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु