सान्भि इनर्जी लिमिटेडले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ। ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ८ नं. सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १-४, ६-१ नं. वडाहरु) माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ५ नं. सम्मका वडाहरु तथा नयाँबजार गा.वि.स. को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ४ नं. सम्मका वडाहरु ) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नं.वडा)का स्थानीयले यसमा आवेदन दिन सक्ने छन् ।
त्यस्तै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको छ। न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने यस निष्काशनमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता