पात्रो

रेडियो

समाचार खोजी

अन्तिम कारोबार दिन १० अर्ब ७९ करोडको कारोबार

साझा अर्थ संवाददाता ४ वैशाख २०८२, बिहिवार

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसुचक दई हजार सात सय बिन्दु पार गरेको छ । बिहिबार नेप्से परिसूचक २६ अंकले बढेर २७२२ विन्दुमा पुगी कारोबार बन्द भएको  ।
आज कुल ३ सय ११ कम्पनीका २ करोड ३७ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख माथि पुगेको छ ।  
आज कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी अर्थात १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

हिमालयन पावरपछि एनआरएन इन्फ्रास्ट्रक्चर, हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्ट, न्यादी ग्रुप र राधी विद्युत कम्पनीको धेरै कारोबार भएको नेप्सेले जनाएको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता