पात्रो

रेडियो

समाचार खोजी

२६६२.०८ विन्दुमा रहेर नेप्सेले बिदाई गर्यो २०८१ लाई

साझा अर्थ संवाददाता ३१ चैत २०८१, आइतवार



बर्ष २०८१ को अन्तिम दिन तथा साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च मान्य अंकले घटेको छ  । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा बन्द भएको छ ।
 आइतबार ३३२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य समुह घटेको छ । आज लगानी समूहमा सर्वाधिक १.८४ प्रतिशतले बढेर १११.३८ विन्दुमा पुगेको छ ।  

 आज  सिईडिबि होल्डिङको सर्वाधिक ४५ करोड ३२ लाख बढीको कारोबार भयो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ४६ लाख, राधि विद्युत कम्पनीको ४३ करोड ८२ लाख र हिमालयन रि इन्स्योरेन्सको आज ३९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।  
 बर्षको अन्तिम दिन कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा  सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो भने  त्रिशुली जलविद्युतको सेयरमूल्य  ५.७८ प्रतिशत र राधी विद्युत कम्पनीको सेयरमूल्य ४.७६ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । त्यस्तै, सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९.९९ प्रतिशत,बलेफी हाईड्रोपावरको ९.९८ र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ७.२० प्रतिशतले घटेर बन्द भएको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता