पात्रो

रेडियो

समाचार खोजी

बैदेशिक रोजगारीमा जानेलाई ट्रेड टावरको आईपीओ ८ बैशाखदेखि

साझा अर्थ संवाददाता ३१ चैत २०८१, आइतवार



काठमाडौं । ट्रेड टावर लिमिटेडले  वैशाख ८ गतेदेखि  पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको छ । 
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाइसकेको छ । जसमध्येबाट पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

यो आईपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 


लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, वैदेशिक रोजगारीमा गएकाहरू छुट्याइएको शेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभएको शेयरसमेत समायोजन गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कास गरिने कम्पनीले जनाउको छ । 

कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ । 

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता