साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंकले घटेर २६७०।७० विन्दुमा कायम भएको छ । यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच हुँदा एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको छ । बिहिबार ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घट्दा एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यसदिन नेपाल माइक्रो फाइनान्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशले बढेको छ ।
मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत् कम्पनी उच्च कमाउने शीर्ष स्थानमा परे ।
समूहगत उपसूचकतर्फ जलविद्युत् ०.०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।
साझा अर्थ संवाददाता