पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा साढे चार अर्बको कारोबार, ९ अंकको बृद्धि

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार

 

काठमाडौं । साताको बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर २ हजार ६९६.२८ विन्दुमा पुगेको छ ।  बढेको बजारमा यो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर ४२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सिइडीबी होल्डिङको ३० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै आजबाट पहिलो कारोबारमा आएको नेपाल माइक्रो इस्न्योरेन्सको शेयर मूल्यमा करिब १० प्रतिशतले सर्किट लागेको छ । बोटलर नेपाल, सोल्टी होटल र न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ४।१७ प्रतिशत माथिले बढेको छ।

 यो दिन सिन्धु विकास बैंक र अपर हेवा खोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य २.६० प्रतिशतदेखि ८.०५ प्रतिशतसम्मले घटेको छ । यो दिन कारोबारमा आएका १३ वटै उप समूहको सूचक बढेका छन् ।

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता