काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै भोलि विहीबारदेखि उक्त कम्पनीको दोस्रो बजारमा शेयर कारोबार शुरु हुनेछ । यसको ओपनिङ रेन्ज १००.८६ देखि रु ३०२.५८ तोकिएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको २२ लाख ५० हजार कित्ता र संस्थापकहरुको ५२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।
साझा अर्थ संवाददाता