पात्रो

रेडियो

समाचार खोजी

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

खाँदबारी (सङ्खुवासभा), १२ फागुन : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । रासस

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु