पात्रो

रेडियो

समाचार खोजी

कार्यसम्पादन मूल्यांकनमा दोलखाका स्थानीय तहमा भीमेश्वर उत्कृष्ट

साझा अर्थ संवाददाता ५ फागुन २०८१, सोमवार

दोलखाः  प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनमा दोलखाका स्थानीय तहहरु मध्ये भीमेश्वर नगरपालिका उत्कृष्ट देखिएको छ । आयोगद्वारा सार्वजनिक गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन अनुसार भीमेश्वर उत्कृष्ट देखिएको हो । 
अयोगद्वारा सार्वजनिक मूल्याङ्कन अनुसार भीमेश्वर नगरपालिकाले ६२ दशमलव ८ अंक प्राप्त गरेको छ भने दोस्रोमा  जिरीले नगरपालिकाले ६२ दशमलव ४ अंक प्राप्त गरेको छ । यस्तै जिल्लाका अन्य स्थानीयतहहरुमा  वैतेश्वर ५९ दशमलव १ अंक प्राप्त गर्दै तेस्रो बन्न सफल भएको छ । यसैगरी मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक, शैलुङ गाउँपालिकाले ५६दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५दशमलव २ प्रतिशत अंक पाएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगका अनुसार तामाकोशी गाउँपालिकाले ४८दशमलव ५, कालिञ्चोक गाउँपालिकाले ४३ दशमलव ६ र बिगु गाउँपालिकाले सबैभन्दा कम ३१ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै कम्जोर कार्यसम्पादन गर्ने स्थानीय तह बन्न पुगेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादनका १७ वटा सूचकको अधारमा अंक प्रदान गर्ने गर्दछ ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु