पात्रो

रेडियो

समाचार खोजी

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार
रसुवा:  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताउनुभएको छ । 
 
पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उहाँले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिनुभयो ।
 
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताउनुभयो । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उहाँले बताउनुभयो ।
 
विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने आश्वासन दिनुभयो ।
253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु