दोलखाः बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखा मार्फत १३७ आयोजना सञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका आयोजनाहरु सो संख्यामा सञ्चानल भइरहेका तथा हुने क्रममा रहेका हुन् ।
चालु आर्थिक वर्षमा कार्यालय अन्तर्गत सञ्चालनमा रहेका आयोजनाहरुमा बहु वर्षिय सडक आयोजना ९, बहुवर्षिय पुल योजना ४, सालवसाली साना ठेक्का ६४ तथा उभोक्ता समिति मार्फत ६० योजनाहरु निर्माणहुने पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । उल्ले खित आयोजनाहरु मध्ये एउटा सडक तथा एक पुल सम्पन्न भइसेको तथा केही योजनाहरु सम्पन्न हुनेक्रममा रहेको उहाँको भनाई रहेको छ ।
कुल १३७ आयोजना मध्ये साना ठेक्का तथा उपभोक्ता समितिमा मार्फत नौ वटै स्थानीय तहहरुमा सञ्चालन हुने योजनाहरुको कुल संख्या १२४ रहेको छ । ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चानलहुने योजनाहरु १० लाख देखि ५० लाख सम्मका रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । साना ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरुमा उपभोक्ता समिति मार्फत ६ करोडको काम तथा साना ठेक्का मार्फत १५ करोड २८ लाखको काम हुने कार्यालयको भनाईरहेको छ ।
चालु आर्थिक वर्षमा कार्यालय मार्फत सञ्चालनहुने मुख्य आयोजनाहरुमा मुढे–बाघखोर– कालापानी सडक, सीताको थान–जँुगु–झ्याँकु–गाउँपालिका जोड्ने सडक, सिंगटी– लादुक– बुलुङ– लामाबगर सडक, सितली–मेलुङमाने– बुद्धचोक सडक तथा चरिकोट–कालिञ्चोक–टुटुवान– विगु सडक अन्तर्गत देउराली कुसी सेक्सन रहेका छन् ।
कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने आयोजनाहरुकालागि कुल ६३ करोड ९० लाख बजेट विनियोजन भएको पूर्वाधार विकार कार्यालय दोलखाका प्रमुख ओझाको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता