पात्रो

रेडियो

समाचार खोजी

दुई दर्जन कम्पनीहरु कालोसूचीमा

कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा भारतको भारत कन्स्ट्रक्सन पनि छ। राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको हो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत पनि छन् ।

त्यस्ता कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु