पात्रो

रेडियो

समाचार खोजी

‘केक मिक्सिङ’ गर्दै होटल बाराही काठमाडौंले गर्यो क्रिसमसलाई स्वागत

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

काठमाडौं। होटल बाराही काठमाडौंले  क्रिसमसलाई स्वागत गर्दै केक मिक्सिङ कार्यक्रम सम्पन्न गरेको छ । बाराहीले काठमाडौंको ठमेल प्रवेशद्वारमा रहेको होटलको  प्राइभेट लाउन्जमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम केक मिक्सिङ कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलाकार, उच्चपदस्थ व्यक्तिहरू र ट्राभल इन्फ्लुएन्सर लगायतको सहभागिता थियो। आमन्त्रित पाहुना सबैले केक मिक्स गरेका थिए । केकमा किसमिस, चेरी, काजु, पेस्ता, बदामलगायत मिसाइएको थियो ।

बाराही काठमाडौंका महाप्रबन्धक रोशन सापकोटाले कार्यक्रम केवल चाडपर्वको निरन्तरता मात्र नभई सम्बन्धहरूको सुदृढीकरण र उत्सवको आनन्द बाँड्ने अवसर पनि भएको बताए । उनले भने, ‘प्रतिष्ठित पाहुनाहरूको साथमा यस्तो विशेष कार्यक्रम आयोजना गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ 

पाहुनालाई केक मिक्सिङ कार्यक्रमपछि बाराहीका सेफहरूले तयार पारेको परिकारहरूको विशेष मेनुमा आधारित दिवा भोजको व्यवस्था गरिएको थियो।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता