पात्रो

रेडियो

समाचार खोजी

नेप्से २७०० को विन्दुबाट तल झर्‍यो, २६ अङ्कको गिरावट

साझा अर्थ संवाददाता ९ असार २०८३, मङ्गलवार

काठमाडौँ: साताको दोस्रो कारोबार दिन मङ्गलवार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । सोमबारसम्म २,७०० को मनोवैज्ञानिक विन्दु माथि टिकेको बजार आज २६.१६ अङ्क (०.९६ प्रतिशत) ले ओरालो लाग्दै २,६७४.४८ को विन्दुमा झरेर बन्द भएको छ ।

परिसूचकमा तीव्र दबाब देखिए पनि कारोबार रकम भने हिजोको जस्तै ४ अर्ब माथि नै कायम रहेको छ । आज दिनभर कुल १ करोड ४० हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ३६ करोड १९ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार २,७०० को बलियो सपोर्ट विन्दुलाई तोडेर तल ओर्लिएपछि लगानीकर्ताहरूमा केही निराशा छाए पनि टर्नओभर ४.३६ अर्ब कायम रहनुले तल्लो मूल्यमा सेयर उठाउने प्रयासहरू भइरहेको बुझाउँछ ।

58 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु