पात्रो

रेडियो

समाचार खोजी

तीन हजार पाँच सय विदेशीले गरे पनौती सङ्ग्रहालयको अवलोकन

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित पनौति सङ्ग्रहालय एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकद्वारा अवलोकन गरेको पाइएको छ । संग्रहालयको रेकर्ड अनुसार एक वर्षको अवधिमा सो संख्यामा विदेशी पर्यटकहरुले संग्रहालय अवलोकन गरेको पाइएको हो ।
संग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक ले अवलोकन गर्ने गरेका छन् । यो काभ्रे जिल्ला अवस्थित एक मात्र संग्रहालय हो । 
 अनुसार अघिल्लो वर्ष करिब चार हजार स्वेदेशी-विदेशी पर्यटकल संग्रहालयको अवलोकन गरेको सङ्ग्रहालय प्रमुख राजेन्द्र महाजूले जानकारी दिनुुभयो ।  संग्रहालयको अवलोकन गर्न विभिन्न स्थानबाट बर्सेनि सयौँको सङ्ख्या विद्यार्थी पनि आउने गरेको उहाँको भनाई रहेको छ । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी र स्वेदेशी पर्यटक तथा विद्यार्थीलाई भने फरकफरक शुल्क तोकिएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रूपमा सङ्ग्रहालय स्थापना गरिएको थियो । 
सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । साथै पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसी वस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता