नेपाल प्रहरीमा विभिन्न पदहरुमा १२ सय बढी रोजगारीको अवसरहरु सिर्जना भएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा जनशक्ति माग गरेको हो ।
सुचना अनुसार प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी ९भान्छे० पदमा ४७ र कूचीकार पदमा ११ जना गरि कुल १२ सय २३ जनाको लागि भर्ना खुलेको हो ।
जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ ।भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।
प्रहरी जवानको शैक्षिक योग्यता आठ पास तोकिएको छ भने कार्यालय सहयोगी भने साधारण लेखपढ मात्रै गर्न सक्ने हुने भए पुग्ने सुचनामा उल्लेख छ ।

साझा अर्थ संवाददाता