चिनियाँ रणनीतिक योजना वेष्ट एण्ड रोड इनिसियटिभ (वीआरआई)को फ्रेमवर्कमा नेपालले सम्झौता गरेको छ ।
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहेको सन्दर्भमा मंगलबार सम्झौता गरिएको हो । फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरे ।
फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट)को स्थानमा सहायता (एड) शब्द राखेर बीआरआईको फ्रेमवर्कमा सम्झौता गरिएको हो । सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ ।
साझा अर्थ संवाददाता