पात्रो

रेडियो

समाचार खोजी

प्रतितोला एक हजार बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार

 

 मंगलबार सुनको प्रति तोला एक हजार रुपैयाँ बढेको छ । सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार  बढेर प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको हो ।

सुन चाँदी व्यवसायी महांघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ८२ रुपैयाँ तोकिएको छ ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता