पात्रो

रेडियो

समाचार खोजी

आज ५० अर्ब निक्षेप प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप प्रसोचन गर्न गर्ने भएको छ । २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले  बोलकबोल आज  गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । 
यसको साँवा र ब्याज भुक्तानी भने २०८१ पुस ७ गते हुने बताइएको छ । 

 बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ । 

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता