काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गर्दै छ ।
मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड सञ्चालक समितिको बैठक साढे ८ बजेबाट शुरु भएको छ । बैठकमा मौद्रिक समीक्षामाथि भएपछि आजै सार्वजनिक गरिने स्रोतले जनाएको छ । ऋणको ब्याजदर सस्तिए पनि कर्जाको माग बढ्न नसकेकाले बिषयलार्य मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ । त्यस्तै, शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्नुपर्ने र कर्जामा लगाइएको जोखिमभार शतप्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ । कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने आकलन गरिएको छ ।
साझा अर्थ संवाददाता