काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र–२०८६, क’ निष्कासन गर्ने भएको छ ।
गैरआवासीय नेपाली नागरिकले समेत खरिद गर्न पाउने बचतपत्रको ब्याजदर भने ७.८ प्रतिशत तोएिको छ ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बताइएको छ ।
इच्छुक व्यक्तिले कम्तीमा १० हजार बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् । साथै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फ खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।
यस बचतपत्रको बिक्री यही मसिर १३ गतेदेखि पुस ३० गतेसम्म खुला हुनेछ भने निष्कासन पुस १४ गते हुनेछ । साथै, साँवा भुक्तानी २०८६ पुस १६ गते हुने बताइएको छ ।
साझा अर्थ संवाददाता