काठमाण्डौ । नेपाल सरकारले भन्सार महशुल घटाएपछि पहिलोपटक नेपालको घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता