सरकारले सुनचाँदीको भन्सार महसुल घटाएको छ । अर्थ मन्त्रालयले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको र चाँदीको महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कायम गरेको हो । शुक्रबार मन्त्रायलये भन्सार महशुल घटाउने निर्णय गरेपनि आजबाट सो निर्णय लागु हुने भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए ।
भारतले बजेटमार्फत सुनको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत पुर्याएको थियो । चाँदीको महसुल १४.३५ प्रतिशतबाट ५.३५ प्रतिशतमा घटाएको थियो । जसले गर्दा नेपालमा सुन तस्कर भएर आयात भइरहेको आशंका गरिएको छ ।
चालू आर्थिक वर्ष ०८१/८२ को चार महिना ९साउन–कात्तिकसम्म०मा एक सय ३२ दशमलव ५६४ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार किलो सुन आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिएपछि सुनको माग कमजोर भएको छ । त्यस्तै, चालू आवको चार महिनामा एक किलो मात्रै चाँदी आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार एक सय ८५ किलो चाँदी आयात भएको थियो ।
साझा अर्थ संवाददाता