पात्रो

रेडियो

समाचार खोजी

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांस घोषणा

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार


काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १०.००८३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले  आर्थिक वर्ष २०८०र८१ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १०.००८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन् ।    
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने बैंकले जनाएको छ । 

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता