पात्रो

रेडियो

समाचार खोजी

नेपालको क्रेडिट रेटिङ स्कोरले न्यून व्याजदरमा ऋण पाउन सहज : अर्थ मन्त्रालय

साझा अर्थ संवाददाता ७ मंसिर २०८१, शुक्रवार

काठमाडौं /  नेपालको क्रेडिट रेटिङ स्कोरले अन्तर्राष्ट्रिय बजारबाट कम ब्याजदरमा ऋण लिन सक्ने अवस्था देखाएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वभौम साख मूल्यांकनबारे जानकारी गराएको छ । क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिएको उल्लेख छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) स्कोरले नेपाल लगानीका लागि अनुकूल रहेको विश्वव्यापी सन्देश दिएको बताएका छन्। 'अझ राम्रो गर्नका लागि फिचले दिएका सुझावमा सरकारको ध्यानाकर्षण भएको छ' उनले भने, ‘हामी क्रेडिट रेटिङको नतिजा सार्वजनिक गर्ने मात्र हाेइन, लगानी भित्र्याउन गर्नुपर्ने सुधारमा ध्यान दिनेछौँ। यो नतिजामा मात्रै चित्त बुझाएर बस्नेछैनौँ। सुधार गरेर अघि बढ्नेछौँ।’

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता