पात्रो

रेडियो

समाचार खोजी

सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्रान्डले दशैं, तिहार र छठ पर्व योजनामा सहभागीमध्ये भाग्याशाली विजेतालाई ६५ इन्चको टिभी हस्तान्तरण गरेको छ ।

सेन्सेईको ३२ इन्चको टिभी खरिद गर्दै उक्त योजनामा सहभागी भएका सिन्धुलीका कोमल बहादुर खत्रीले लक्की ड्रबाट विजेता बन्दै ६५ इन्चको टिभी पाएका छन् ।

यस वर्षको चाडवाड योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गमध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्चको युयचडी टिभी हस्तान्तरण गरिएको हो ।सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भदौ २३ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरी सहभागी हुन सकिन्थ्यो ।

चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री गर्दैआएको छ ।

 

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ