नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता