काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६.८४२१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न ४ पुसमा ५०औं वार्षिक साधारणसभा बोलाएको छ ।
होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।
सभाले कम्पनीको शेयर पुँजी वृद्धि डेढ अर्बबाट दुई अर्ब पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १३ देखि पुस ४ अर्थात् २२ दिन बुक क्लोज गर्नेछ ।
साझा अर्थ संवाददाता