काठमाडौं अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गर्दा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ७७ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ २२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा र खरिद दर १७० रुपैयाँ २५ पैसा रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ १४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साझा अर्थ संवाददाता