पात्रो

रेडियो

समाचार खोजी

८.९९ प्रतिशतमै महालक्ष्मी विकास बैंकको हरित घर कर्जा

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्राहक लक्षित महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमै उपलब्ध गराउने भएको छ। 

दिगो र वातावरणमैत्री कर्जा उपलब्ध गराउने नीतिबमोजिम हरित घर कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको हो।

जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जालगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरका लागि यस्तो कर्जा उपलब्ध गराइने बैंकको भनाइ छ।

न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ। यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोत प्रयोग गरेर निर्माण गरिएका घर खरिद, घर निर्माण, अर्पाटमेन्ट खरिद, घर थप/पुनर्निर्माण/मर्मतसम्भार गर्न उपलब्ध गराइनेछ।

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ