काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र सबल हुँदा विदेशी मुद्राको सञ्चिति बलियो बन्न थालेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९.४ प्रतिशतले बढेर २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । यस्तो सञ्चिति अमेरिकी डलरमा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१र८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
साझा अर्थ संवाददाता