पात्रो

रेडियो

समाचार खोजी

महिनामै झण्डै डेढ खर्ब भित्रियो रेमिट्यान्स

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

 


  काठमाडौं । असोज महिनामा हालसम्मकै सबैभन्दा बढी एक खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको पहिले त्रैमासमा   कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस्तो विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । 
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता