काठमाडौं । सोमबार सुनको मुल्य प्रति तोला एक हजार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।
साझा अर्थ संवाददाता