आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ गते वार्षिक साधारण सभा गर्ने भएको हो । बनेपामा हुने साधारण सभामा संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते बुक क्लोज गर्ने भएका छ । कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
साझा अर्थ संवाददाता