पात्रो

रेडियो

समाचार खोजी

९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा नेप्से

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

 

 

काठमाडौं।  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ ।
 आइतबार सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से १८.२५ अंक घटेको थियो भने कुल ५ अर्ब २५ करोड रुपेयाँ बराबरको कारोबार भएको थियो।  
आइतबार कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

314 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता