पात्रो

रेडियो

समाचार खोजी

इसेवा र फोन प्वाइन्ट्सको सहकार्य

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

 

डिटिल कारोबारलाई सहज तथा थप गुणस्तरीय बनाउन इसेवाले फोन प्वाइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न दिइने लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।

एकीकृत गरिएको लोयल्टी प्वाइन्ट्स प्रयोग गरी ग्राहकले विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको बताइएको छ ।

फोन प्वाइन्ट्सका प्रयोगकर्ताले विभिन्न व्यावसायिक पार्टनरसँग संलग्न भएर लोयल्टी प्वाइन्ट्स अर्थात् फोन प्वाइन्ट्स आर्जन गर्न सक्नेछन् । फोन प्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरबाट आर्जन गरेको लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा एकृकीत गर्नेछ ।

एकीकृत गरिएको लोयल्टी प्वाइन्ट प्रयोग गरी ग्राहकले आकर्षक अफर, छुट तथा उपहार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेकोे प्वाइन्ट्सलाई एकै ठाउँबाट सजिलै हेर्न र इच्छाअनुसार व्यवस्थापन गर्दै विभिन्न आकर्षक अफरमा यसको उपभोग गर्न सक्नेछन् ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता